माइक्रोफाइनान्सलाई पुनर्संरचना गर्दै एसएमएईमा केन्द्रित गर्नु पर्छ, स्वावलम्बनका सिइओ विष्ट सँगको अन्तर्वार्ता

माइक्रोफाइनान्सलाई पुनर्संरचना गर्दै एसएमएईमा केन्द्रित गर्नु पर्छ, स्वावलम्बनका सिइओ विष्ट सँगको अन्तर्वार्ता माइक्रोफाइनान्सलाई पुनर्संरचना गर्दै एसएमएईमा केन्द्रित गर्नु पर्छ, स्वावलम्बनका सिइओ विष्ट सँगको अन्तर्वार्ता
On 22 Jun, 2025 11 months ago

काठमाडौं। लघुवित्त वित्तीय संस्थाले विगत लामो समयदेखि विभिन्न प्रकारका समस्या भोग्दै आएका छन् । विशेष गरी लघुवित्तले अत्याधिक व्याजदर लिएको भन्दै आरोप पनि लाग्दै आएको छ । यसै सन्दर्भमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह विष्टसँग बिएफआइएस न्युजका अरुण सापकोटाले लिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । संस्थाले नरेन्द्र सिंह विष्टलाई २०७९ साउन ९ गते चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकमा ३० वर्षको अनुभव संगालेका विष्ट निर्देशक पदबाट अवकास भएका थिए ।

प्रश्न:
विगत ३/४ वर्ष लघुवित्त वित्तीय संस्थाहरुका लागि एकदमै नराम्रो अवस्था रह्यो । धेरै वटा लघुवित्त वित्तीय संस्थाहरुले नराम्रो सफर गर्नु पर्यो । पछिल्लो केही समयदेखि लघुवित्त वित्तीय संस्थामा क्रमिक रुपमा सुधारको संकेत देखिन थालेको हो?


अहिले तीन वटा कुराहरु छन् । पहिलो, कोभिड १९ पछिको आर्थिक मन्दीमा केही सुधार भएको जस्तो देखिएको छ । दोस्रो, माइक्रोफाइनान्सको विरुद्धमा अभियान चलाउने मध्ये दुर्गा प्रसाइ अहिले जेलमा छन् भने मणिरामले पनि अगाडी खुलेर विरोधका कार्यक्रमहरु गर्न सक्ने अवस्था छैन । लघुवित्त विरोधि गतिविधिहरु कम भएका छन् । मानिसहरुलाई भ्रम फैलाइएको थियो । भ्रम फैलाउनेहरुले अर्को महिना मिनाहा हुन्छ, अर्को महिना मिनाहा हुन्छ भन्दै आएका थिए । उनिहरुका योजना अर्कै होलान् । यस्तो कुरा जनताले बुझ्दै गए । यिनिहरुले भनेको नहुने रहेछ भन्ने बुझे । तेस्रो, यस अवधिमा लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय सक्षारताका धेरै कार्यक्रमहरु गरे । हामीले हल्लाका पछाडी नलाग्न आह्वान गर्यौ । यतिका धेरै कर्जा राज्यले मिनाहा गर्ने वा तिरिदिन सम्भव छैन भन्यौ । सरकारलाई तलब खुवाउनै गाह्रो भएको अवस्थामा लघुवित्तका ऋणीको पैसा तिरिदिने कुरा आउदैन । ५देखि ६ खर्ब हाराहारीको कर्जा तिरिदिनु भनेको राज्यको राजस्वको आधारउदि खर्च गर्नु हो । यिनै कुरा सम्झाउदै बुझाउदै गए पछि सदश्यहरुले कुरा बुझ्न थाल्नु भयो । उपरोक्त कारणहरुले गर्दा एक थरी ऋणीहरुले कर्जा तिर्नु पर्ने रहेछ भन्ने बुझेर तिर्न पनि थाले भने अर्को समूहले अहिले नभए पनि तिर्छौ भन्ने मनस्थिति बनाएका छन् । यो अहिलेको सुधारको संकेत हो । यसमा केहि व्यक्तिहरु अझै पनि सपना देखेर बसेका छन्। जेहोस् धेरै सकारात्मक हुँदैछ।

पुरा अन्तर्वार्ता पढ्नुहोस