स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा शैक्षिक सामाग्री सहयोग

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा शैक्षिक सामाग्री सहयोग स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा शैक्षिक सामाग्री सहयोग
On 27 Mar, 2025 7 months ago

मुसिकोट । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था उपशाखा कार्यालय चौरजहारीले बुधबार जिल्लाको सानिभेरी गाउँपालिका १, पक्रैया स्थित सितल माध्यामिक विद्यालयमा अध्ययनरत १०४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत बिद्यार्थीहरुलाई झोला वितरण गरिएको कार्यालय प्रमुख भिम बहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक सामाग्री वितरण कार्यक्रममा सानिभेरी गाउँपालिका वडा न १ का अध्यक्ष टेक बहादुर पुन, संस्थाका संचालक समिति सदस्य उमा जोशी बोहरा, प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह बिस्ट, संस्थाका ईलाका कार्यालय घोराही अन्तरगत कलष्टर (ख) प्रमुख चन्द्र बहादुर थापा, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।