अछाम -बढ्दै गईरहेको चिसोलाई मध्यनजर गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्था मंगलसेन शाखाले न्यानो लुगा वितरण गरिएको छ ।
बुधबार एक भव्य समारोहका बीच मंगलसेन नगरपालिकाकी नगर उपप्रमुख संगिता रावल सोडारीको प्रमुख आतिथ्यतामा स्वावलम्बन लघुवित्त संस्थाले न्यानो लुगा वितरण गरिएको हो ।
संस्थाको मंगलसेन शाखाले मङ्गलसेन नगरपालिका-१२ बिर्कु स्थित कालिका आधारभुत बिद्यालयमा अध्ययनरत ५ कक्षा सम्मका विपन्न परिवारका १ सय ८ जना बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको शाखा प्रमुख देव सिंह ठकुरीले जानकारी दिनुभयो ।
संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो लुगाका रुपमा स्विटर र टोपी वितरण गरिएको शाखा प्रमुख ठकुरीको भनाई थियो ।
वित्तीय सस्थाहरुले बचत र कर्जा कारोबार मात्र होइन बिपन्न र न्यून आयस्तर भएका परिवारका महिलाहरुको जिवनस्तर माथी उठाउन र समाजमा अराजक गतिविधि गर्ने तत्वहरुलाई निष्कृय पार्न तथा सामुहिक हित र अराजक गतिविधिको सामना गर्न, देशभरीका ६१ जिल्लामा १ सय ४५ शाखा कार्यालय स्थापना छन् ।
पुरा समाचार पढ्नुहोस