स्वावलम्बन लघुवित्तद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण

स्वावलम्बन लघुवित्तद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण स्वावलम्बन लघुवित्तद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण
On 10 Sep, 2026 1 month ago

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका वडा नं. ३ का बाढीपीडितलाई राहत वितरण गरेको छ।

संस्थाले सडक सञ्जाल टुटेका कारण उद्धार र राहतबाट वञ्चित रहेका नदी पारीको तटीय क्षेत्रका १४१ जना बाढी प्रभावितलाई संस्थाले भाद्र १७ गते अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो।

बाढीका कारण सस्थाका शाखा कार्यालय वेत्रावती कार्यालय प्रमुख सहित २ जना कर्मचारी हालसम्म सम्पर्क विहीन रहेका छन्। निरन्तरको खोज तथा उद्धार प्रयासका बाबजुद उनीहरूको अवस्था रहेको र सहकर्मीहरू बेपत्ता भएको यस अत्यन्त मर्माहत र पीडादायी घडीमा संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गरेको हो।

पुरा समाचार पढ्नुहोस