स्वावलम्बन लघुवित्तद्वारा वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्तद्वारा वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न स्वावलम्बन लघुवित्तद्वारा वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
On 02 Jul, 2025 6 months ago

काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बुढानीलकण्ठ नगरपालिकास्थित डाँडागाउँ बस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले गत शनिवार सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको हो ।

कार्बन उत्सर्जन न्यूनीकरण, फोहोर व्यवस्थापन र वृक्षारोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न त्यहाँका जनता र सरोकारवालाहरूको समन्वयमा वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्न आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बाल विकास समाज आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तामाङले गरेकी छिन् ।

प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र विशिष्ट अतिथि नगर उपप्रमुख अनिता लामाको रहेको यस कार्यक्रममा केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरण मैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रमुख अतिथि तथा नगरप्रमुख मिठाराम अधिकारीले वातावरण संरक्षण, उद्यमशीलता विकास र रोजगारी सृजना जस्ता महत्त्वपूर्ण कुराहरू समेटेर वातावरणमैत्री गाउँ निर्माण गर्न अगुवाइ गरेकोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिदै समाजको र समुदायको हित हुने यस प्रकारका पवित्र कार्यमा नगरपालिका आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको बताए ।

नगर उपप्रमुख अनिता लामाले वातावरण मैत्री गाउँ निर्माण गर्ने कार्य अति जरुरी रहेको विशेष गरी बुढानीलकण्ठको डाँडागाउँ एक सुन्दर र रमणीय गाउँ भएको कारण पर्यटनको अथाह सम्भावना भएको तर फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेकोले फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राख्नु सुझाव दिइन् । विद्यालयका प्रधानाध्यापक धोर्जे तामाङले डाडाँगाउको आजको मूल आवश्यकता यहाँको सुन्दरता र वातावरणको संरक्षण नै गर्नुपर्ने भएकोले विद्यालय, स्थानीय युवाहरूको परिचालन तथा समन्वय गरी लक्ष्य हासिल गर्न मिलेर काम गर्ने बताए ।

कार्यक्रममा वित्तीय साक्षरता समेत प्रदान गरिएको थियो र वित्तीय साक्षरता कक्षाको सहजीकरण इलाका कार्यालय ठिमीका प्रबन्धक चेतनाथ बगालेले गरेका थिए । कार्यक्रममा स्थानीय व्यापारी, आमा समुहका प्रतिनिधि, विद्यार्थीहरू, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका सदस्यहरू तथा शाखा कार्यालय चुच्चेपाटीका कर्मचारीहरू र स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारको लिंक


बिजपाटि