स्वावलम्बन साँफेवगरद्वारा वित्तिय साक्षरता सम्पन्न

स्वावलम्बन साँफेवगरद्वारा वित्तिय साक्षरता सम्पन्न स्वावलम्बन साँफेवगरद्वारा वित्तिय साक्षरता सम्पन्न
On 20 Feb, 2025 11 months ago

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड साफेवगर शाखाको आयोजनामा साफेवगर नगरपालिका ३ हाटवजारमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्य क्षेत्रमा रहेका अछाम जिल्लाका साफेवगर नगरपालिका, चौरपाटी गाउपालिका,मेल्लेख गाउपालिका,बान्निगढी जयगढ गाउपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा गठन भएका केन्द्रहरूका केन्द्र प्रमुख तथा अभिभावकहरू गरी करिब ९० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बान्निगढी जयगढ गाउपालिकाका प्रमुख टेक बहादुर साउदले लघुवित्तले ग्रामिण भेगमा रहेको महिला तथा विपन्नवर्ग लाई फजुल खर्च गर्न रोकी वचत गराउने तथा विना धितो कर्जा सरल र सहज तरिकाले उपलव्ध गराएकोमा प्रशंसा गर्दै स्वाबलम्बनले गर्ने रचनात्मक कार्यमा सधै सहयोग गर्ने बताए।

यसैगरी साफेगर नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर र मेल्लेख गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर महरले कार्याक्रम लागु गर्दा वित्तिय साक्षरता प्रदान गर्ने तथा ग्राहक सदश्यहरुलाई अरुको देखासिकीमा नलागी लिएको कर्जा सहि उद्धेश्यमा लगानी गरि उधमी वन्न सुझाव दिए ।

कार्यक्रमका संस्थाका इलाका कार्यालय धनगढीका इलाका प्रबन्धक सुरेन्द्र कार्कीले वर्तमान समयमा बैक तथा वित्तीय संस्थाहरूको विरुद्ध फैलिएका भ्रम र यर्थातको बारेमा प्रस्ट पारेका थिए । संस्थाले सदैव ग्राहक मैत्री सेवा दिँदै आएको र भोलीका दिनमा पनि थप कार्यक्रम सहित ग्राहकको घरदैलोमा पुग्ने उनले बताए ।

त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय साँफेवगरका कार्यालय प्रमुख तोरण बहादुर बस्नेतले संस्थाले प्रदान गरिरहेको सेवा सँगै डिजिटल बैकिङ्ग तथा धेरै संस्थामा वसी कर्जा कारोबार गर्दा हुने बेफाईदाहरुको बारेमा सहभागीलाई प्रस्ट पारेका थिए । शाखाका कर्मचारी विष्णु प्रसाद भट्टराईले सञ्चालन गरेको कार्याक्रममा रामसिह रोकाय र सन्दिप बोहराले सहजीकरण गरेका थिय ।


सम्बन्धित समाचारका लिंकहरु


बैकिङ्ग समाचार

अर्थ पथ