घोराहीमा वित्तीय साक्षरता कार्यक्रम

घोराहीमा वित्तीय साक्षरता कार्यक्रम
On 19 Mar, 2024 1 month ago

घोराही । ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय घोराहीले दुई दिने केन्द्र प्रमुख अन्तत्र्रिmया तथा वित्तीय साक्षरता सञ्चालन गरेको छ ।


केन्द्र प्रमुख महेश्वरी घर्तीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मधुसूदन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । शाखा कार्यालय घोराही अन्तर्गत सञ्चालित विभिन्न केन्द्रका प्रमुखहरुको सहभागितामा भएको कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका इलाका प्रबन्धक दीपक महत, सामाजिक अभियन्ता अशोका भण्डारीको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन शाखा कार्यालय घोराहीका दिनेश शर्माले गर्नुभएको थियो ।


पूरा समाचार पढ्नुहोस्