वित्तीय साक्षरता कार्यक्रम संचालन

वित्तीय साक्षरता कार्यक्रम संचालन
On 15 Mar, 2024 10 months ago

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बुंगमती शाखा कार्यालयले दुई दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्पन्न गरेको छ । शाखा कार्यालय बुङ्गमती अन्तर्गत संचालित विभिन्न केन्द्रका केन्द्र प्रमुख तथा अभिभावकहरुको सहभागितामा संचालित कार्यक्रममा सोही कार्यालय अन्तर्गत केन्द्र नं.६ को केन्द्र प्रमुख जुनु मिजारको अध्यक्षतामा तथा ललितपुर महानगरपलिका वडा नं.१८ का सदस्य गोपाल डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कम्पनीले जनाएको छ।


कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.का नायव महाप्रबन्धक गोबिन्द चापागाई, प्रहरी प्रभाग बुङ्गमती, भैसेपाटिका प्रहरी निरीक्षक अनिल कुमार बैठा, दक्षिणकाली न.पा वडा नंं २ का वडा सदस्य सम्झना दनुवार, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. केन्द्रिय कार्यालय काठमाडौका बरिष्ठ प्रबन्धक जर्नादन ढकाल र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.इलाका कार्यालय गठ्ठाघरका वरिष्ठ प्रबन्धक कृष्ण खनालको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन शाखा कार्यालय बुङ्गमतीका कार्यालय प्रमुख दुर्गा कुमारी पराजुलीले गरेकी थिइन्।


पूरा समाचार पढ्नुहोस्