स्वावलम्बन लघुवित्तद्वारा ६१ जिल्लामा ६८ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्तद्वारा ६१ जिल्लामा ६८ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
On 01 Apr, 2023 11 months ago

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाबाट Global Money Week GMW-2023 को अवसरमा ६८ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

स्वावलम्वन लघुवित्त वित्तीय संस्था लि. प्रचलित कम्पनी ऐन वमोजिम नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न ईजाजत पत्र प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखा/उपशाखा र ९ वटा ईलाका कार्यालयहरु मार्फत करीव २ लाख ६३ हजार भन्दा बढी विपन्न महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैकिङ/वित्तीय सेवा प्रदान गर्ने कार्य गर्दै आइरहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम मिति २०७९ चैत्र ६ गते देखि चैत्र १२ गतेसम्म Global Money Week GMW-2023 हर्षोउल्लासपूर्वक मनाउने सन्दर्भमा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय लगायत देशभरका विभिन्न जिल्लाहरुमा रहेका शाखा÷उपशाखा कार्यालयहरुमा ६८ स्थानमा वित्तीय साक्षरता कार्यक्रम मार्फत स्थानीय जनप्रतिनिधि, ग्राहक सदस्य, अभिभावक, विद्यार्थी, स्थानीय समुदाय, पत्रकार तथा बुद्धिजिवि गरि करिव १० हजार जनाको सहभागितामा उत्साहजनक रुपमा सफलतपूर्वक सम्पन्न भएको थियो । अंझ कार्यक्रममा वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा इलाका कार्यालयहरुबाट समेत सहभागिता जनाईएको थियो । स्थानीय जनप्रतिनिधिहरुबाट यस प्रकारको वित्तीय शिक्षा तथा सामाजिक कार्यहरु स्थानीय स्तरमा निरन्तर रुपमा संचालन गर्न अनुरोध गरिएको थियो ।

यस वित्तीय संस्थाले आ.व. २०७६/७७ मा नेपाल सरकारको केन्द्रीय स्तरको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु.२५ लाख तथा ६१ ओटा जिल्लामा कार्यालय रहेको स्थानीय निकायको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु.१० लाख आर्थिक सहायता समेत उपलब्ध गराएको थियो । आ.व. २०७६/७७ मा संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको १ करोड ३३ लाख रकम २०७७ आषाढ मसान्तमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार केन्द्रीय स्तरको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा पठाईएको थियो ।

विपन्न वर्गको हितका लागि सदस्यको व्यवसाय पुनस्थापना, ग्राहक तथा निजको पति मृत्युमा राहत, ग्राहकको घर आगलागी, बाढीपहिरोबाट क्षतीमा राहत, कोभिडबाट प्रभावित सदस्यलाई राहत, गम्भिर रोग (क्यान्सर र मृगौला पिडित) ग्राहक तथा निजको पतिलाई राहत, सदस्यहरुको क्षमता अभिबृद्धिको लागि अवलोकन भ्रमण र अन्तरकृया कार्यक्रम संचालन, सदस्यहरुको केन्द्र बैठक संचालन गर्ने केन्द्रघर निर्माणमा सहयोग, केन्द्र प्रमुख गोष्ठी संचालन, विभिन्न विद्यालयमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण, वित्तीय साक्षरता कार्यक्रम संचालन, विभिन्न स्थानका प्रहरी चौकीमा अत्यावश्यक भौतिक समाग्री वितरण, ट्राफिक सचेतना कार्यक्रम, ग्रामीण समुदायमा शुद्ध खानेपानी व्यवस्था आदि कार्यमा यस चालु आ.व.२०७९/८० मा वित्तीय संस्थाको संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट रु. ५० लाख र ग्राहक संरक्षण कोषबाट रु.१ करोड ६० लाख गरि जम्मा रु.२ करोड १० लाख राहत÷सुविधा उपलब्ध गराईएको छ । साथै, यस प्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने संस्थाको नीति रहेको छ ।