स्वावलम्बन लघुवित्त बौनिया शाखाद्वारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण

स्वावलम्बन लघुवित्त बौनिया शाखाद्वारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण स्वावलम्बन लघुवित्त बौनिया शाखाद्वारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण
On 13 May, 2024 1 year ago

कैलालीको बर्दगोरीया गाउँपालिकामा शाखा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले बिमा रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी तिन ठाउँमा आफ्ना ग्राहक सदस्य तथा अभिभावकलाई बिमा बाफतको हस्तान्तरण गरेको हो । समूहमा आबद्ध भई कारोबार गर्ने सदस्यहरूको मृत्यु पश्चात् मृतकको परिवारलाई बिमाबापतको रकम बौनिया शाखाका कार्यालय प्रमुख हरि कुमार बोहराले हस्तान्तरण गरेका थिए । दुधा अधिकारीको परिवारलाई २ लाख २७ हजार ५ सय, धनोदा न्यौपानेको परिवारलाई २ लाख ३५ हजार र फुलियादेवी डगौराको परिवारलाई १ लाख ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । तिन ठाउँ गरी करिब ६ लाख १२ हजार ५ सय रुपैयाँ रकम हस्तान्तरण गरिएको बौनिया शाखाका कार्यालय प्रमुख हरि कुमार बोहराले बताए । बिमा रकम हस्तान्तरण कार्यक्रममा बर्दगोरीया गाउँपालिका वडा नम्बर १ कि वडा सदस्य सरस्वती वि.क, बौनिया शाखाका कार्यालय प्रमुख हरि कुमार बोहरा, कार्यालयका वरिष्ठ सहायक सङ्गीता साउँद लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी जमुना चौलागाई र रोशन कोइरालाले गरेका थिए ।