०४ जेठ,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा ३ दिने बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था बौनियाँ र पहलमानपुर शाखाको संयुक्त आयोजनामा ३ दिने बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले जनताको आय स्तर माथि उकास्न अग्रणी भूमिका खेलेको बताउँदै यी संस्थाहरूलाई नगरले संरक्षण संवर्द्धन गर्ने बताए ।
पुरा समाचार पढ्नुहोस