काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ज्येष्ठ नागरिकहरूको लागि सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
काठमाडौंको पेप्सीकोलामा आयोजित एक कार्यक्रममा लघुवित्तको चुच्चेपाटीस्थित शाखा कार्यालयले ज्येष्ठ नागरिक चौतारी नामक संस्थालाई ५० थान कुर्ची हस्तान्तरण गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग हस्तान्तरण गरिएको जनाएको छ ।
सिनामंगल नगर सेवा समाजका पूर्वअध्यक्ष गोपाल बहादुर तामाङ्गको अध्यक्षतामा तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रवन्धक गोविन्द चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा स्वावलम्बन लघुवित्तका विभागीय प्रबन्धक राजन प्रसाद भट्टराई, सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेल, ज्येष्ठ नागरिक चौतारीका संयोजक क्षेत्र भुषण दाहाल वेम्पस्का अध्यक्ष राधा आचार्य भट्टलगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन स्वावलम्बन लघुवित्तको चुच्चेपाटीका शाखा प्रबन्धक सीता सापकोटाले गरेकी थिइन् ।
पुरा समाचार पढ्नुहोस