स्वावलम्बन लघुवित्तले द्वारा भैँसी पालन सम्बन्धी तालिम प्रदान

स्वावलम्बन लघुवित्तले द्वारा भैँसी पालन सम्बन्धी तालिम प्रदान स्वावलम्बन लघुवित्तले द्वारा भैँसी पालन सम्बन्धी तालिम प्रदान
On 14 Dec, 2024 11 months ago

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा ३ दिने भैँसी पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मुसिकोटको आयोजनामा ३ दिने भैँसी पालन सम्बन्धी तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन मुसिकोट नगर पालिकाका उपप्रमुख विमलकुमार पुनले गर्नुभएको थियो ।

तालिममा मुसिकोट नगरपालिका भित्रका ३६ जना वित्तीय संस्थाका ग्राहक सदस्यहरूको सहभागिता रहेको थियो । आफ्ना ग्राहक सदस्य र अभिभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने तालिमको आयोजना गरिएको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका कार्यालय प्रमुख कमला कुमारी चलाउनेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिममा भैँसी पालन सम्बन्धी फिल्ड भ्रमण, गोठ, भकारो व्यवस्थापन, दानापानी, हावापानी अनुसारको जात छनोट, प्रजनन सम्बन्धी र दूध उत्पादन सम्बन्धी अवलोकन तथा जानकारी गराइएको थियो ।

त्यस्तै भैँसी पालन गर्दाका फाइदा, भैँसी पालन गर्ने तरिका तथा भैँसीलाई रोग लाग्दा कसरी रोकथाम गर्ने भन्ने लगायतका विषयमा सिकाइएको थियो । तालिम फलदायी र आत्मनिर्भर बनाउन सहयोगी रहेको सहभागीहरूको भनाइ छ । मुसिकोट शाखा प्रमुख कमलाकुमारी चलाउनेको सभाध्यक्षमा भएको कार्यक्रममा मुसिकोट नगर पालिकाका उपप्रमुख विमलकुमार पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

पुरा समाचार पढ्नुहोस