स्वावलम्वन लघुवित्त वित्तीय संस्था उपशाखा साँफेवगरद्वारा प्रहरी चौकीलाई सामग्री हस्तान्तरण

स्वावलम्वन लघुवित्त वित्तीय संस्था उपशाखा साँफेवगरद्वारा प्रहरी चौकीलाई सामग्री हस्तान्तरण स्वावलम्वन लघुवित्त वित्तीय संस्था उपशाखा साँफेवगरद्वारा प्रहरी चौकीलाई सामग्री हस्तान्तरण
On 13 Sep, 2024 9 months ago

बैंकिङ खबर/ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. उपशाखा कार्यालय साँफेवगर अछामले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी चौकी साँफेवगर अछामलाई विपत व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।

लघुवित्तले सावेल गल २ थान वेल्ची २ थान गैटी २ थान तथा अन्य भौतिक सामग्रीहरु कार्पेट,डिस्पेन्सर र कुर्चीहरु सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा साँफेवगर नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर कुवरले स्वावलम्वनले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्याले लक्षित वर्गलाई राहत पुगी समाजमा अझ सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

यसैगरी साँफेवगर प्रहरी चौकीका इन्र्चाज लाल बहादुर साउँदले प्राप्त विपत तथा भौतिक सामग्रीले दैनिक कार्यासम्पादनमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै धन्यवाद तथा खुसी व्यक्त गरे । कार्याक्रमा शाखाका प्रवन्धक तोरण बहादुर बस्नेतले हाल संस्थाले देशका ६६ जिल्लामा १४५ वटा शाखामार्फत शिक्षा,स्वास्थ्य ,रोजगारी,विपत व्यवस्थापन तथा कृषि लगायत विभिन्न क्षत्रमा सहयोग गरिरहेको जानकारी गराए ।

साँफेवगर शाखाका कर्मचारी श्री देव बहादुर साउदले सञ्चालन गरेको उक्त कार्याक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी तथा अन्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।